default_image

5 years ago

March 2, 2019

थ्री स्टार च्याम्पियन, एलनलाई तीन अवार्ड

78 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै पाँचौपटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । निर्धारित ९० मिनेटमा १-१ र त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थप्दै स्कोर २-२ भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

उपाधिसहित थ्री स्टारले ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्यो । आयोजक साहारा क्लबले विजेता सबैलाई समापन कार्यक्रममै नगद प्रदान गरेको थियो । उपविजेतामा सिमित त्रिभुवन आर्मी क्लबले पनि ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ थ्री स्टार क्लबका गोलरक्षक एलन न्यौपानेले तीन उपाधि जिते ।

फाइनल खेलका म्यान अफ द म्याच बनेका एलनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्दै उनले १५ हजार रुपैयाँ प्राप्त गरे । एलन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बन्दै अप्रिलियाको स्कुटर पाए । थ्री स्टारका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक बने ।

त्रिभुवन आर्मीका डिफेन्डर विमल पाण्डे, मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड नवयुग श्रेष्ठले व्यक्तिगत विधामा पुरस्कार पाए । व्यक्तिगत उपाधि विजेता सबैले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । एपीएफले फेयर प्ले टोलीको उपाधि प्राप्त गर्यो । सर्वाधिक गोलकर्ताको उपाधि जितेका अनिल गुरुङले २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा तीन गोल गरे ।

एलन न्यौपाने पुरस्कार ग्रहण गर्दै

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.