default_image

5 years ago

March 9, 2019

सिटीका अगुएरो र ग्वार्डिओला उत्कृष्ट

39 views

0 Bookmark

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका सर्जियो अगुएरो फेब्रुअरीका लागि प्रिमियर लिगको उत्कृष्ट खेलाडी र सोही क्लबका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । सिटीले गत महिना सबै ४ खेल जित्दै लिगको शीर्षस्थानमा पुनरागमन गरेको थियो ।

अगुएरोले ४ खेलमा दुई ह्याट्रिकसहित ७ गोल गरेका थिए । उनीसहित टोलीको उच्च प्रदर्शनपछि सिटी पुनः प्रिमियर लिगको उपाधि दौडमा मजबुत बनेको थियो । ग्वार्डिओलाको टोलीले प्रिमियर लिगका अंकतालिकाको शीर्ष १० भित्र रहेका ४ टोलीलाई हराएको थियो ।

जारी प्रिमियर लिगको छैटौं महिना जारी रहँदा ग्वार्डिओला र अगुएरो पहिलो पटक उत्कृष्ट घोषित भएका थिए । सिटीले आर्सनलाई ३–१ ले हराउँदा अगुएरोले सबै तीन गोल गरे । एभर्टनमाथि २–० को जितमा भने अगुएरोले गोल गर्न सकेनन् ।

चेल्सीलाई ६–० ले हराउँदा अगुएरोले ह्याट्रिक पुरा गरे । प्रिमियर लिगमा त्यो उनको ११ औं ह्याट्रिक थियो । वेस्ट ह्यामसँगको जितमा उनले गोल गरेका थिए । यो सिजन अगुएरोको १८ गोल पुगेको छ । जुन लिभरपुलका मोहम्मद सलाहको भन्दा १ गोल बढी हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.