7 years ago
March 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच अर्को महिनाका लागि तय भनिएको मैत्रीपूर्ण फुटबल खेल स्थागित भएको छ । नेपाल र मलेसियाबीच चैत १२ गते मैत्रीपूर्ण खेल मलेसियामा हुने तय थियो ।

विश्व फुटबल महासंघ (फिफा) ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल संघबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मार्च महिनामा मात्र मलेसियाले २ खेल खेलिसकेकोले नेपालसँगको खेल यसपटक खेल्न नसकिएको मलेसियाले पठाएको पत्रमा उल्लेख छ । मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपनि नेपालले कुवेतबीच चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ ।


November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]


November 7, 2025
दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]


November 6, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]