default_image

7 years ago

March 13, 2019

क्वाटरफाइनल पुग्न बायर्न र लिभरपुल भिड्दै

157 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दै छ । खेल बायर्नको मैदान आलियान्ज एरिना म्युनिखमा नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएकोले दोस्रो लेग निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । लिभरपुल विरुद्धको ८ खेलमा बायर्नले एक खेलमा जितमा हात पार्दा ५ हार र २ बराबरीको नतिजा निकालेको छ । १९७१ मा भएको विनर्स कपमा बायर्नले लिभरपुललाई ३–१ ले पराजित गरेको थियो । त्यसयता बायर्नले लिभरपुललाई पराजित गर्न सकेको छैन ।

लिभरपुलविरुद्धको पहिलो लेगमा बायर्नले राम्रो खेल्न सकेको थिएन । घरेलु मैदानमा बायर्न लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । बायर्न सन् २०१०–११ पछि लगातार क्वाटरफाइनलमा पुग्न सफल टोली हो । त्यतिबेला बायर्न इन्टर मिलानसँग प्रि–क्वाटरफाइनलमा पराजित भएको थियो ।

पछिल्ला ७ खेलमा अपराजित बायर्नका लागि लिभरपुलविरुद्ध फरवार्ड रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुनेछन् । लेवान्डोस्कलीले घरेलु मैदानमा आलियान्ज एरिनामा भएको च्याम्पियन्स लिगको २२ खेलमा २३ गोल गरेका छन् । बायर्न बुन्डेस लिगाको शीर्षस्थानमा रहँदा लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा छ ।

लिभरपुलविरुद्धको खेलमा गोलरक्षक म्यानुएल नुयरले बायर्नको पोस्ट सम्हाले उनी च्याम्पियन्स लिगमा १०० खेल खेल्ने छैटौ गोलरक्षक हुनेछन् । यसअघि इकर कासियस, जियानलुजी बुफोन, पिटर चेक, भिक्टर भाल्डेज र ओलिभर काहनले च्याम्पियन्स लिगमा १०० खेल खेल्ने आँकडा पारे गरेका छन् ।

यता, लिभरपुल बायर्नलाई उसकै मैदानमा पराजित गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । पछिल्ला १० खेलमा अपराजित लिभरपुलले पहिलो लेगमा प्रभावशाली प्रदर्शन गरेपनि गोल गर्न असमर्थ बनेको थियो । उसका फरवार्ड साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोको प्रयास असफल भएको थियो । त्यो गल्तीलाई सुधार्दै लिभरपुल बायर्नविरुद्ध उत्रनेछ ।

क्वाटरफाइनल पुग्न दुवै टोलीलाई जित आवश्यक छ । तर, गोलसहित बराबरी भएको अवस्थामा लिभरपुल अवे गोलको आधारमा अघि बढ्नेछ । यता, बायर्नलाई गोलसहितको बराबरीले अर्काे चरण नपुग्ने हुदा बायर्नलाई निश्चित जित आवश्यक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.