7 years ago
March 15, 2019
एजेन्सी – एटलेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसको पुनरागमनमा नायक बनेका क्रिस्टियानो रोनाल्डोलाई १ खेल प्रतिबन्ध पर्नसक्ने देखिएको छ ।

च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्न सक्ने बुझिएको छ ।
पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमोनले पनि त्यस्तै शैलीमा खुशी मनाउँदा उनले २० हजार युरो जरिवाना तिर्नु परेको थियो । आफ्नो आलोचकहरुलाई गोल सेलिब्रेसन मार्फत विभिन्न सन्देश छाड्दै आएका रोनाल्डोले सिमोनको त्यस सेलिब्रेसनलाई दोहोर्याउदा युरोपेली फुटबल निकाय युईएफएले उनीमाथी पनि कारबाही गर्ने प्रवल सम्भावना देखिएको हो । खेलाडी भएका कारण र खेलको मैदानभित्र उक्त हर्कत गरेका कारण उनले प्रतिबन्ध पाउने सम्भावना बढेको हो ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]