default_image

7 years ago

March 15, 2019

आक्रामक नेपाललाई रोक्न तत्पर बंगलादेश

150 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले दक्षिण एसियाको फुटबल विगत एक दशकयता नजिकबाट नियालेका छन् । नेपाल र बंगलादेशले यसबीचमा ५ पटक एकआपसमा खेलेका छन् । तर छोटोंले जित दर्ता गर्न भने सकेका छैनन् । शनिबारको खेल उनको लागि अर्को अवसर हुनेछ ।

बिहीबार पाँचौ महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत दोस्रो खेलमा बंगलादेशले भुटानमाथि २-० को जित दर्ता गर्यो । खेलदौरान बंगलादेशले एकतर्फी रुपमा दबाब बनाउँदै गोल गर्ने अवसर लगातार सिर्जना गरेपनि फिनीसिङमा भने चुक्न पुग्यो । ठिक त्यसै अवस्थामा मंगलबारको खेलमा नेपाल पनि चुकेको थियो । भुटानलाई ३-० ले हराउँदा नेपाली टोलीले थुप्रै गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । शनिबार सेमिफाइनल पुगिसकेका दुवै टोली समूह विजेता बन्न जितका लागि मैदानमा उत्रनेछन् ।

प्रशिक्षक हरि खड्काले नेपाली टोलीको जिम्मेवारी सम्हालेको धेरै समय भएको छैन । तर यसबीचमा उनले टोलीसँग रहेर तेस्रो प्रतियोगितामा जिम्मेवारी वहन गरिरहेका छन् । टोकियो ओलम्पिक २०२० को पहिलो चरणको छनोट र भारतमा आयोजित हिरो गोल्डकपहुँदै खड्का अहिले साफ च्याम्पियनसिपमा प्रशिक्षण सम्हालिरहेका छन् ।

यसक्रममा उनले टोलीलाई ऐतिहासिक नतिजा दिलाउँदै प्रतियोगिताको बलियो दावेदारको रुपमा उभ्याएका छन् । प्रतियोगिताको सबै टोलीको खेल हेर्दा कागज मात्र नभएर मैदानमा पनि नेपाल नै बलियो छ । बंगलादेशविरुद्ध शनिबारको खेलले नेपालको उपाधि दावेदरितालाई थप बढावा दिनेछ । नेपाली टोलीका प्रशिक्षक हरि खड्का बंगलादेशविरुद्ध आफ्नो टोली पूर्ण रुपमा आक्रमणमा केन्द्रित भएर खेल्ने बताउँछन् । ‘ हामीसँग दक्षिण एसियाकै उत्कृष्ट आक्रमण रहेको छ । हामीले बंगलादेशविरुद्ध पूर्ण रुपमा आक्रमक रणनीति लिएर नै खेल्नेछौं । हामी बंगलादेशलाई पराजित गरेर समूह विजेताको रुपमा अगाडी बढ्न चाहन्छौं,’ खड्काले भने । उनले बंगलादेश पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएको टोली भएपनि नेपालको तुलनामा भने पछाडी नै रहेको बताए ।

खड्काको प्रशिक्षकत्वमा नेपालले केहि महिना अघिमात्र म्यानमारमा बंगलादेशविरुद्ध पहिलोपटक बराबरी खेलेको थियो । खड्का उक्त खेलको अन्तिम समयमा रणनीतिक रुपमा सानो गल्ति हुँदा खेल गुमाउन पुगेको स्वीकार्दै त्यसलाई बिर्सन चाहन्छन् । ‘ हामीले म्यानमारमा भएको प्रतियोगितामा अग्रता लिएपछि खेल सक्ने योजनामा खेल्यौं । इन्ज्युरी समयको पनि अन्तिम मिनेटमा डिफेन्सको गल्तीमा गोल हुन पुग्यो । फुटबलमा कहिलेकाहीं यस्तै हुन्छ । अब शनिबार हामी जितको लागि नै खेल्नेछौं ,’ खड्काले भुटानविरुद्ध जितपछि भनेका थिए ।

यता बंगलादेशका प्रशिक्षक छोटोंले नेपाल उत्कृष्ट टोली र उपाधि दावेदार भएपनि बंगलादेशले कठिन चुनौति दिने बताए । ‘हामीले नेपाललाई यसअघि ओलम्पिक छनोटमा बराबरीमा रोकेका हौँ । अन्तिम समयमा हामीले खेल बराबरीमा ल्याएका थियौं । हामीले नेपालको खेल हेरेका छौं र त्यसअनुसार तयारी पनि राम्रो गरेका छौं । शनिबारको खेलका लागि हामी तयार छौं,’ उनले भने ।

नेपालले हालसम्म बंगलादेशविरुद्ध खेलेका ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ । पछिल्लोपटक म्यानमारमा १-१ को बराबरीमा खेल्दा नै नेपालले बंगलादेशविरुद्ध पहिलो गोल खाएक थियो । शनिबार नेपालले बंगलादेशको आक्रमणलाई निस्तेज मात्र पार्न सकेपनि समूह विजेता बन्नेछ । तर प्रशिक्षक हरि खड्काको भनाइ मान्ने हो भने नेपाल जितका लागि खेल्नेछ र जित्नेछ पनि । दक्षिण एसियाकै उत्कृष्ट आक्रमणको संज्ञा प्रशिक्षकले दिएपछि खेलाडीले पनि सिद्ध पार्न जरुरि छ ।

बंगलादेशविरुद्ध खेलअघि के भन्छन् प्रशिक्षक हरि खड्का?

बंगलादेशविरुद्ध खेलअघि नेपालको प्रशिक्षणको तस्बिर हेर्न यहाँ थिच्नुहोस्

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.