7 years ago
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालले खेल अवधिभर भुटानमाथि दबाब बनाउँदै गोल गर्ने थुप्रै अवसर पनि सिर्जना गर्यो । तर फिनिसिङमा खेलाडीहरुले चुस्त प्रदर्शन गर्न नसक्दा जितको अन्तर खासै ठूलो हुन सकेन । नेपाली खेलाडी ‘फाइनल थर्ड‘ मा हतारिएको र सिधै पोस्टको दिशामा गएका देखिन्थे ।
अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको रुपमा नेपालसँग उत्कृष्ट विंगर छन्, तर भुटानविरुद्ध दुवै खेलाडी विल्ड अप गर्ने भन्दा पोस्ट आक्रमणमा धेरै व्यस्त देखिए । यता फरवार्डद्वय सावित्रा भण्डारी र निरु थापाले पनि आफूले पाएका अवसर सदुपयोग गर्न सकेनन् । भुटानी गोलरक्षकले पनि राम्रो प्रदर्शन गर्दा नेपालको गोलअन्तर अपेक्षित रुपमा फराकिलो हुन सकेन ।
तुलनात्मक रुपमा नेपालको डिफेन्स आक्रमणभन्दा कमजोर नै मानिन्छ । भुटानविरुद्ध नेपालको रक्षापंक्तिले खासै मिहिनेत गर्नु परेन । तर आवश्यक परेको केहि अवस्थामा पनि डिफेन्सले गल्ति गरेको थियो । प्रशिक्षक हरि खड्काले भुटानविरुद्ध उत्रिएको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । अमृता जैशीको स्थानमा पुनम जर्घा मगरले टोलीमा स्थान बनाउने सम्भावना रहेको छ ।
गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बाले निरन्तरता पाउनेछिन् । डिफेन्डमा गीता राना, हिराकुमारी भुजेलको स्थान पक्का छ भने मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् । विङ्गमा अनिता बस्नेत र मन्जलीले आक्रमणलाई सहयोग दिनेछन् । कप्तान निरु र सावित्राले पछिल्लो खेलको कमजोरी सुधार्दै गोलसंख्या बढाउने लक्ष्य पूरा गर्ने अपेक्षा राखिएको छ ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म ५ खेल खेलेको छ जसमा ४ जित र १ बराबरी रहेको छ । यसक्रममा नेपालले दुई पटक ३-० र दुई पटक १-० को जित दर्ता गरेको छ । पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनोटमा दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]