7 years ago
March 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१ मा कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसका लागि नेपाली टोलीले पछिल्लो एक सातादेखि प्रशिक्षणमा व्यस्त छ ।

नवनियुक्त प्रशिक्षक योहान कालीनले सिधै २३ सदस्यीय नेपाली टोली छनोट गरेर एन्फा मुख्यालय सातदोबाटोको एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गराइरहेका छन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले साथ दिइरहेका छन् । सिनियर राष्ट्रिय टिममा यसपटक धेरै नयाँ अनुहारहरुले स्थान बनाएका छन् । पहिलो रोजाईका अधिकांश खेलाडीहरु एएफसी यु–२३ च्याम्पियनसिपको टोलीमा रहका कारण कुवेतविरुद्धको मैत्रीपुर्ण खेलका लागि यसपटक नयाँ खेलाडीहरु मौका पाएका छन् ।
सिनियर टिमका पहिलो रोजाईका फरवार्ड बिमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, हेमन्त थापामगर, सुनिल बल र तेज तामाङ एएफसी यु–२३ लागि व्यस्त छन् । त्यसैले यसपटक नयाँ खेलाडीहरुले राष्ट्रिय टिमबाट डेब्यु गर्ने सम्भावना छ ।

यसपटक नेपाल एपीएफ क्लबका आशिष लामा पहिलोपटक राष्ट्रिय टिमको क्याम्पमा पर्दा अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, रवि पासवान, टंक बस्नेत र विमल रानाले लामो समयपछि राष्ट्रिय टोलीको क्याम्पमा पुनरागमन गरेका छन् । यीमध्य अधिकांश खेलाडीले क्याम्पसम्मको यात्रा तय गरिसकेका थिए भने केहिले टोलीमा परेपनि डेब्यु गर्न भने बाँकी रहेको थियो ।
यसैगरी विक्रम लामा, रञ्जित धिमाल, रन्जन विष्ट र सुमन लामा चोटबाट पुनरागमन गर्दै टोलीमा फर्किएका छन् । विक्रम गत वर्ष धरानमा भएको बुढा सुब्बा गोल्डकप दौरान चोट बोकेपछि टोलीबाट बाहिर रहेका थिए । सुमन, रंजन र रञ्जित पनि साफको छनोटदौरान घाइते भएपछि राष्ट्रिय टोलीमा परेका थिएनन् ।

नेपाली टिमका कप्तान विराज महर्जनले नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा राम्रो भएकाले कुवेतविरुद्ध सकरात्मक नतिजाको लागि खेलिने बताए । ‘नयाँ प्रशिक्षकको प्रशिक्षण शैली निकै राम्रो छ । हामीले छोटो समयमै उहाँको प्रशिक्षणमा अभ्यस्त हुन खोजेका छौं । पहिलो रोजाईका अधिकांश खेलाडीहरु नभएपनि नयाँ खेलाडीहरुले प्रशिक्षणमा मिहेनत गरेका छन्,’ प्रशिक्षण दौरान कप्तान महर्जनले भने ।
यता नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले तयारी राम्रो भैरहेकाले कुवेतविरुद्ध राम्रो खेल पस्कने बताए । उनले टिममा यसपटक थुप्रै नयाँ अनुहार रहेकाले यसपटक सकरात्मक नतिजाकै लागि खेलिने बताए । नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा कुवेतविरुद्धको खेल पहिलो खेल हुनेछ ।
मुख्य प्रशिक्षक योहान कालिनले मैत्रीपुर्ण खेल अनुभव बटुल्ने खेल हुने बताएका छन् । कुवेतपछि २६ मार्चमा मलेसियासँग मैत्रीपुर्ण खेल खेल्ने तय भएपनि उक्त खेल स्थगित भैसकेको छ ।
कुवेत भ्रमणका लागि नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्जित धिमाल, सुरज विक, रवि सिलवाल, सरोज दाहाल
मिडफिल्डर : विक्रम लामा, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, सुमन लामा, रवि पासवान, टंक बस्नेत
फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, रन्जन विष्ट र विमल राना
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]