7 years ago
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । पछिल्लो खेलबाट प्रशिक्षक हरि खड्काले एक परिवर्तन गरेका छन् ।

डिफेन्समा एक परिवर्तनस्वरुप पुनम जर्घामगर टोलीमा फर्किएकी हुन् । उनले अमृता जैशीको स्थान लिनेछिन् । पुनमले पछिल्लो समय निरन्तर सुरुवाती रोजाईमा खेलेपनि प्रशिक्षक खड्काले भुटानविरुद्ध अमृतालाई मौका दिएका थिए ।
गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बाले निरन्तरता पाउनेछिन् । डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् ।
विङ्गमा अनिता बस्नेत र मन्जलीले आक्रमणलाई सहयोग दिनेछन् । कप्तान निरु थापा र सावित्रा भण्डारीले पछिल्लो खेलको कमजोरी सुधार्दै गोलसंख्या बढाउने लक्ष्य पूरा गर्ने अपेक्षा राखिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]