7 years ago
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि पहिलो हाफमा ३–० को अग्रता बनाएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको हो । एक गोल भने नेपालले उपहार पाएको थियो ।
खेलको शुरुवातबाटै नेपालले आक्रमक खेल पस्केको थियो । खेलको छैटौं मिनेटमा सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपनि केहिबेरमै नेपालले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान निरु थापाको चलाखीपुर्ण पासमा सावित्राले गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेको थिएन । सोही समयमा मनमाया लिम्बूको क्रसमा मसुरा प्रभिनले हेडमार्फत बचाउन खोजेपनि गोल हुन पुगेको थियो ।

१०औं मिनेटमा कप्तान निरु थापा पनि वान भर्सेस वानमा चुकिन् । उनको फितलो चिप प्रहार पहिलो बारबाट थोरै बाहिरियो । १५औं मिनेटमा मन्जली कुमारी योन्जको पेनाल्टी एरियाभित्रको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपना चक्नाले मुस्किलले बचाइन् ।
१७औं मिनेटमा सावित्रा भण्डारीको हेडर पोस्टबाट थोरै बाहिरियो । लगतार दुई सुन्दर मौका खेर फालेकी सावित्राले २३औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता बनायो । उनले डिफेन्डरबाट बल खोस्दै गरेको प्रहार दोस्रो नजिकबाट गोल भएको थियो ।

२८औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । उनले सावित्रा भण्डारीको पासलाई गोलमा परिणत गरिन् । बंगलादेशले भने नेपालको पोस्टमा गतिलो अक्रमण बुन्न सकेन ।
दोस्रो हाफ केहीबेरमा सुरु हनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]