default_image

5 years ago

March 16, 2019

पुलिसलाई हराउँदै दाउफिन्स फाइलनमा

दिपक बोहोरा, इलाम पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । शनिबार नेपाल पुलिस क्लबलाइ २–० ले हराउदै दाउफिन्स उपाधिको नजिक पुगेको हो । दाउफिन्स माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको हो । मनाङ मर्स्याङदि क्लबले आन्तरीक कारण देखाउदै सहभागी नहुने भए पछि आयोजकले दाउफिन्सलाइ सहभागी गराएका थिए […]

46 views

0 Bookmark

दिपक बोहोरा, इलाम

पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । शनिबार नेपाल पुलिस क्लबलाइ २–० ले हराउदै दाउफिन्स उपाधिको नजिक पुगेको हो ।

दाउफिन्स माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको हो । मनाङ मर्स्याङदि क्लबले आन्तरीक कारण देखाउदै सहभागी नहुने भए पछि आयोजकले दाउफिन्सलाइ सहभागी गराएका थिए । दाउफिन्सले उपाधिको लागी भोली हुने हिमालयन शेर्पा क्लब र मेत्रि नेत्रालय काकरभिक्ता झापा बिचको बिजेता संग प्रतिस्पर्धा गर्ने छ । दाउफिन्सले नेपाल पुलिसलाई यस अघि बुटबलमा भएको तिलोतमा गोल्डकपमा पनि हराएको थियो ।

शनिबार इलामको ठुलो टुडिखेलमा भएको खेलमा खेलको १७ औं मिनेटमा अहोण्डा इसाको फ्रिकिकलाई टिनाटिनाले हेडरमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । दाउफिन्सका खेलाडीलाई पुलिसका खेलाडीले फाउल गरे पछि दाउफिन्सले फ्रिकिक पाएको थियो ।

सुरुवातदेखि नै पुलिसमाथि दवाव सिर्जना गरेको दाउफिन्सले खेलको ७१ औं मिनेटमा अहोण्डा इसाले गोल गर्दै दाउफिन्सलाई फाइनलको यात्रा तय गरे । खेल अवधि भर खेलमा फर्कने प्रयास गरे पनि पुलिस सफल भएन । ।खेलको म्यान अफ द म्याच विजेता दाउफिन्सका टिनाटिना घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन ।

माइभ्याली गोल्डकपमा भोलीको खेल : हिमालयन शेर्पा क्लब काठमाडौं र मेची नेत्रालय झापा

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.