10 years ago
April 28, 2016
काठमाडौ– गत बर्ष एएफसी यू १४ गल्र्स क्षेत्रिय (दक्षिण र मध्य) च्याम्पिसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली टोलीले यसपटक लज्जास्पद हार बेहोर्दै स्वदेश फर्कने तयारीमा छ ।
ताजकिस्तानमा जारी च्याम्पियनसिपमा लगातार दोस्रो खेल ९–० ले पराजित हुँदै नेपाली टोली समुह चरणबाटै बाहिरिएको छ । गत बर्ष काठमाडौंमा आयोजना भएको च्याम्पियनसिपमा नेपाल फाइनल सम्म पुगेको थियो । फाइनलको दिन वैशाख १२ गते विनाशकारी भूकम्प गतएपछि खेल स्थगित गरिएको थियो । केही महिनाअघि भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० पराजित भएको थियो । यसपटक भने नेपाल त्यहि बंगलादेशको टोलीसँग बिहीबार ९–० को भारी अन्तरले पराजित भयो । अघिल्लो दिन बुधबार पनि नेपाल भारतसँग सोही अन्तरमा पराजित भएको थियो । एक बर्षअघि फाइनलसम्म पुग्ने नेपाली टोली यसपटक दुई खेलमा १८ गोल खादै घर फर्कने क्रममा छ । साबिक विजेता समेत रहेको बंगालदेशका लागि कप्तान मार्जिया र आउचिङ मोगिनीले ह्याट्रिक पुरा गरे भने तोहुराले २ गोल र अर्को गोल साजेदाले गरिन् । नेपाली टोलीका प्रशिक्षक विनोद लामाले पहिलो खेलमा भन्दा प्रदर्शनमा सुधार भएको दाबी गरे । उनले भने,तर हामी भन्दा बंगलादेश सबै क्षेत्रमा माथि देखियो । हामीले उनीहरुको रणनीतिलाई तोड्न सकेनौं र ठूलो अन्तरको हार बेहोर्नुप¥यो ।
’ समूह ‘ए’ मा इरानले भुटानलाई ७–० ले हरायो भने ताजकिस्तान र कीर्तिस्तानको खेल १–१ को बराबरीमा टुंगियो । समूह ‘बी’ बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । ए समूहबाट इरान विजेता र आयोजक ताजकिस्तान उपविजेता बने । अब सेमिफाइनलमा इरानले भारत तथा बंगलादेशले ताजिकस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]