काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुर्व कप्तान जमुना गुरुङको कीर्तिमानलाई तोडेकी छिन् ।

यससँगै उनी महिला राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्नेको दोस्रो स्थानमा उभिएकी छिन् । साफ च्याम्पियनसिप अन्तरगत शुक्रबार भएको फाइनल खेलमा भारतविरुद्ध गोल गर्दै सावित्राले जमुना गुरुङको २५ गोलको कीर्तिमानलाई तोडेकी हुन् । सावित्राले जारी प्रतियोगिताको चारै खेलमा १-१ गोल गरेकी छिन् ।
सावित्रा भण्डारीले २७ खेलमा यो कीर्तिमान बनाएकी हुन् । सर्वाधिक गोलकर्ताको सुचीमा पुर्व कप्तान अनु लामा ३५ गोलसहित शीर्षस्थानमा रहेकी छिन् ।