default_image

5 years ago

March 23, 2019

मेसी फर्केको खेलमा अर्जेन्टिना पराजित

एजेन्सी – नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भएको छ । रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो । मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा टोलीमा सामेल भएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो […]

48 views

0 Bookmark

एजेन्सी – नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भएको छ ।

रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो । मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा टोलीमा सामेल भएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै टोलीलाई जित दिलाउन भने सकेनन् ।

भेनेजुएलाका लागी खेलको छैटौं मिनेटमा नै सालोमोन रोन्डोनले सुरुवाती गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई २ गोलले अगाडी पारे ।

प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डहरुलाई टोलीमा समावेश गरेका थिएनन् । स्कालोनीले पाउलो डीबालालाई पनि बेन्चमा नै सिमित राखेका थिए । कप्तान मेसी पनि चोटका कारण मोरोक्कोविरुद्ध अर्को खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको ग्रोइनमा हल्का समस्या देखिएकाले विश्राम गर्ने निर्णय लिएका हुन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.