धन्कुटाको टुडिखेलमा आज बाट सुरु भएको भिम नारायण गोल्ड कपमा घरेलु टोली धन्कुटा ११ ले मोरङ ११ लाई ३-१ ले हराउदै प्रतियोगिता को सुरुवात गरेको छ ।
जित संगै आयोजक धन्कुटा ११ प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ र सोमबार हुने भुटान बिआरसि र नेपाल एपिएफ बिचको बिजेता सँग भिड्ने छ ।
प्रतियोगितामा आइतबारको खेल सुन्सरीको गोधुली क्लब र ब्वोइज युनिअन बिच हुने छ ।