काठमाडौं – ए डिभिजन क्लब सरस्वतीलाई १–० ले हराउँदै वेस्ट काठमाडौं एएफसी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरकेो छ । विदेशी खेलाडी इब्राहिमले सातौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले सुरुमै गोल खाँदा खेलाडीमा आत्मबल घटेको बताए । ‘खेलमा तालमेल मिलेन, जसले गर्दा गोल गर्ने धेरै अवसर गुमाउनुपर्यो,’ उनले भने ।
वेस्ट काठमाडौंका प्रशिक्षक सुन्दर थापा क्षेत्रीले राष्ट्रियस्तरको पहिलो प्रतियोगितामै सेमिफाइनल पुग्ने अवसर मिलेकोमा खुसी जनाए । वेस्ट काठमाडौंले तीन विदेशी उतारेको थियो ।
उनीहरू नाइजेरिया, घाना र इथोपियाका खेलाडी प्रतियोगितामा आइतबार एपिएफ र भारत लखनउ–११ बीच प्रतिस्पर्धा हुनेछ ।