default_image

5 years ago

March 31, 2019

रियल म्याड्रिडद्वारा ११ वर्षीय खेलाडी अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले आफ्नो भविष्यलाई ध्यानमा राख्दै ११ वर्षीय खेलाडी सर्जियो टोरेसलाई अनुबन्ध गरेको छ । म्याड्रिडमै जन्मिएका टोरेसका बाबुआमा भने पेरुका हुन् । सानो उमेरमा नै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भविष्यमा पेरुका लागि नै खेल्ने बुझिएको छ । रियलका स्काउटहरुले क्लबलाई टोरेसको प्रदर्शन निकै राम्रो भएकाले अनुबन्धन गर्न सल्लाह दिएका थिए । […]

25 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले आफ्नो भविष्यलाई ध्यानमा राख्दै ११ वर्षीय खेलाडी सर्जियो टोरेसलाई अनुबन्ध गरेको छ ।

म्याड्रिडमै जन्मिएका टोरेसका बाबुआमा भने पेरुका हुन् । सानो उमेरमा नै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भविष्यमा पेरुका लागि नै खेल्ने बुझिएको छ । रियलका स्काउटहरुले क्लबलाई टोरेसको प्रदर्शन निकै राम्रो भएकाले अनुबन्धन गर्न सल्लाह दिएका थिए ।

अनुबन्धन भएको सातामै टोरेसले आफूभन्दा १ वर्ष माथि उमेर समूहमा खेल्दै गोल पनि गरेका छन् । उनले रियलको एल्भिन बी समूहको टोलीबाट खेलेका थिए । सन् २००८ मा जन्मिएका टोरेसलाई रियलका स्काउटले एक एकेडेमीमा पहिलो पटक देखेका थिए ।

उनले स्पेनको राजधानीबाहिर रहेको ‘टु एम वन टु’ एकेडेमीमा भेटेका थिए । भिल्लाभेर्डे नामक गाउँमा रहेको उक्त क्लबबाट म्याड्रिडले उनलाई क्लबमा ल्याएको हो ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.