default_image

5 years ago

April 5, 2019

म्याड्रिडका लेजेन्ड भन्छन् – ‘रोनाल्डोभन्दा मेसी धेरै प्रतिभावान्’

एजेन्सी – आधुनिक फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोमध्य को उत्कृष्ट भन्ने वादविवाद सधैं कायम नै रहँदै आएको छ । यसैक्रममा स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व मिडफिल्डर गुटीले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको बताएका छन् । मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनि सोधिएको प्रश्नमा गुटीले मेस्सीलाई छनोट गरेपनि रोनाल्डो ‘सेल्फ मेड’ र निकै […]

48 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोमध्य को उत्कृष्ट भन्ने वादविवाद सधैं कायम नै रहँदै आएको छ । यसैक्रममा स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व मिडफिल्डर गुटीले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको बताएका छन् ।

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनि सोधिएको प्रश्नमा गुटीले मेस्सीलाई छनोट गरेपनि रोनाल्डो ‘सेल्फ मेड’ र निकै नै महत्त्वाकांक्षी रहेको गुटीले बताए । ‘आधुनिक फुटबलमा मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस छ । उनीहरुले समान ५–५ बालोन डि’ओर अवार्डका साथै थुप्रै व्यक्तिगत अवार्ड जित्दै आ-आफ्नो क्लबलाई पनि उत्तिकै सफलता दिलाएका छन्,’ हाल टर्की महारथी बेसिक्टासका मुख्य प्रशिक्षक रहेका गुटीले भने, ‘मेरो लागि दुवै उत्कृष्ट । यो सत्य हो मैले मेस्सीलाई छाने । तर, म रोनालडोलाई पनि अत्यधिक महत्त्व दिन्छु मान्छु । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’

उनले मेसी रोनाल्डो भन्दा धेरै प्रतिभावान् रहेपनि रोनाल्डो गोलकर्ता रहेको समेत बताएका छन् । ‘पक्कै पनि मेसीमा अधिक प्रतिभा छ । तर, रोनाल्डो गोलकर्ता हुन् । उनी एकदम महत्त्वाकांक्षी छन् । मेसीको समयमा रहेर पनि उनले ५ बालोन डि’ओर जितेका छन् । उनी क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् । जुन उनले रियलमा देखाए,’ गुटीले भने, ‘रियलका सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले क्लब छाडेदेखि नै रियल समस्यामा परिरहेको छ । ठूला खेलमा रोनाल्डोको अभाव महसुस क्लबले गरिरहेको छ । यो पनि सत्य हो ।’

रोनाल्डो यसै म्याड्रिड छाड्दै इटालियन महारथी युभेन्टस पुगेका थिए । रोनाल्डोको बर्हिगमनसँगै रियलले यो सिजन लिगमा निकै कमजोर प्रदर्शन गर्नुका साथै च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरी सकेका छन् । ला लिगामा पनि रियल १३ अंकले पछि रहेको छ । यता मेसीले यो सिजन सबै प्रतिस्पर्धामा ४२ गोल गर्दा रोनाल्डोले २४ को आँकडा पार गरेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.