default_image

5 years ago

April 8, 2019

‘रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट’- गुटी

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व मिडफिल्डर गुटीले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र बासिलोनाका स्टार लियोन मेस्सीको बीचको तुलना गर्दै फरक छुट्टाउने कोशिस गरेका छन् । यी दुई सुपर स्टार मैदान उत्रेपछि केहि न केहि स्मरण योग्य प्रदर्शन गर्ने भएकाले त्यसले खेलको रौनकतालाई बढाउने विश्वास गरिन्छ । गुटीले यी दुई खेलाडीको स्तर, आत्मविश्वासको विषयमा पनि तुलना […]

30 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व मिडफिल्डर गुटीले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र बासिलोनाका स्टार लियोन मेस्सीको बीचको तुलना गर्दै फरक छुट्टाउने कोशिस गरेका छन् ।

यी दुई सुपर स्टार मैदान उत्रेपछि केहि न केहि स्मरण योग्य प्रदर्शन गर्ने भएकाले त्यसले खेलको रौनकतालाई बढाउने विश्वास गरिन्छ । गुटीले यी दुई खेलाडीको स्तर, आत्मविश्वासको विषयमा पनि तुलना गरेका छन् । रोनाल्डो र मेसीलाई विश्व फुटबलको महान खेलाडीका रुपमा हेरिन्छ ।

दुई खेलाडी मध्ये को उत्कृष्ट भन्ने विषयमा गुटीले भने, ‘दुवै उत्कृष्ट छन् । एक जना छान्नुपर्दा मेसी रोजाईमा पर्नेछ न् । तर रोनाल्डोले जति प्राप्त गरेका छन् त्यसले उनलाई उत्कृष्ट खेलाडी बनाइएको छ, ‘ उनले थपे, ‘मेसी बढी प्रतिभावान छन् । रोनाल्डो बढी गोल गर्न सक्छन् । एकदमै महत्वकाक्षी र मेहनतले तयार भएका खेलाडी हुन् ।’

पाँच पटक बालोन डी ओर जितेका उनले रियलमा जस्तो प्रदर्शन गरे त्यसले उनलाई रियलमा आफुलाई महत्वपूर्ण खेलाडी हुन् पुष्टि गरेको थियो । टर्किस क्लब बेसिकटासका सहायक प्रशिक्षक गुटीलेले भविष्यमा रियल जान चाहेको बताएका छन् । ‘ रियल छाड्ने बेलामा नै मैले भनेको थिए । मैले आफुलाई विकसित गर्नुछ । म रियलको मुख्य प्रशिक्षक बन्न चाहन्छु । अर्को सिजन त्यहाँ जानु मेरो लक्ष्य हो’, उनले भने, ‘मैले जहिले भनेको छु । म रियलको बेन्चमा बस्न चाहन्छु ।’

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.