default_image

5 years ago

April 7, 2019

मेस्सी र सुआरेजको गोलमा एटलेटिको पराजित

एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो […]

29 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका डिएगो कोस्टाले रेफ्रीमाथि गलत व्यवहार गरेपछि रेफ्री जेसस गिलले सोझै रातो कार्ड देखाएका थिए ।

एट्लेटिको १० खेलाडीमा समेटिएपनि बार्सिलोनाको फाइदा उठाउने प्रयास भने लगातार असफल बनिरहेको थियो । खेल खेल सकिन ५ मिनेट बाँकी रहँदा दुई स्टार खेलाडी सुआरेज र मेस्सीले एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई महत्वपुर्ण ३ अंक दिलाए ।

८५औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्वाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८६औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको छ । ला लिगामा ७ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो र तेस्रो स्थानको एट्लेटिको र रियाल म्याड्रिडमाथि क्रमश: ११ र १३ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको ७३ अंक छ । एट्लेटिकोको ६२ तथा रियालको ६० अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.