default_image

5 years ago

April 9, 2019

घरेलु मैदानमा टोटेनहमलाई सिटीको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति दुई इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हट्स्पर र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको घरेलु मैदान टोटेनहम हट्स्पर स्टेडियम लन्डमा राति १२ः४५ बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्दै टोटेनहम सेमिफाइनल प्रवेशलाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । मौरिसियो […]

30 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति दुई इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हट्स्पर र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको घरेलु मैदान टोटेनहम हट्स्पर स्टेडियम लन्डमा राति १२ः४५ बजेपछि सुरु हुनेछ ।

घरेलु मैदानमा हुने पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्दै टोटेनहम सेमिफाइनल प्रवेशलाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । मौरिसियो पोचिटिनोको टोटेनहमका इरिक डियर, सर्जि औरियर र इरिक लमेला सिटीविरुद्धको खेलमा मैदान उत्रने छैनन् । तर, टोटेनहमसँग ह्यारी केन, डेल अली, ह्युङ मिन सन र क्रिस्टियन इरिक्सनजस्ता खलोडीहरु मैदान उत्रनेछन् । उनीहरुलाई किरियन ट्रिपर, ड्यानी रोस र कप्तान ह्युगो लोरिसले साथ दिनेछन् ।

यता, म्यानचेस्टर सिटी टोटेनहमलाई उसकै मैदानमा टोटेनहमलाई पराजित गर्दै सेमिफाइल पुग्ने सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा मैदान उत्रनेछ । सिटीले पहिलो रोजाईकै सर्जियो अग्विरोलाई टिममा राखेपनि उनले खेल्ने सम्भवाना न्युन छ । तर, सिटीसँग अन्य स्टार गाब्रियल जेसस, रहिम स्ट्रलिङ, बर्नाडो सिल्भा, केभिन डि ब्रुयनजस्ता स्तरीय खेलाडीहरुको साथ रहेको छ ।

सिटीले टोटेनहमविरुद्धको पछिल्ला चार खेलमा जित निकालेका कारण सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगमा सिटीले पछिल्ला ७ मध्ये ६ खेलमा जित हात पारेको छ । यता, टोटेनहम च्याम्पियन्स लिगको पछिल्ला ६ खेलमा अपराजित रहेको छ । त्यसैले यि दुई टोलीबीचको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दोस्रो लेग सिटीको मैदानमा १८ अप्रिलमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.