default_image

5 years ago

April 9, 2019

लिभरपुललाई हराउन पेपे तयार

एजेन्सी – रियल म्याड्रिडका पूर्व डिफेन्डर पेपेले यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलअघि आफ्नो टोली तयार रहेको बताएका छन् । पोर्चुगिज क्लब पोर्टोबाट खेलिरहेका पेपेले लिभरपुललाई हराउन आफ्नो क्लब सक्षम रहेको पनि बताए । रियल म्याड्रिडबाट बेसिक्टास पुगेका डिफेन्डर पेपे यसै सिजन जनवरीमा पोर्टो आएका थिए । उनले त्यसयता क्लबका लागि १२ खेल खेलिसकेका छन् । […]

21 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका पूर्व डिफेन्डर पेपेले यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलअघि आफ्नो टोली तयार रहेको बताएका छन् । पोर्चुगिज क्लब पोर्टोबाट खेलिरहेका पेपेले लिभरपुललाई हराउन आफ्नो क्लब सक्षम रहेको पनि बताए ।

रियल म्याड्रिडबाट बेसिक्टास पुगेका डिफेन्डर पेपे यसै सिजन जनवरीमा पोर्टो आएका थिए । उनले त्यसयता क्लबका लागि १२ खेल खेलिसकेका छन् । पोर्टोले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा मंगलबार लिभरपुलको सामना गर्दैछ । उक्त खेल कठिन हुने भएपनि पोर्टोले पूर्ण तयारी गरेको पेपेले बताएका छन् ।

‘ हामीले निकै कठिन चुनौतीको सामना गर्दैछौं । लिभरपुल निकै राम्रो टोली हो । उनीहरुको प्रशिक्षकको रणनीति निकै उत्कृष्ट रहने गर्छ,’ पेपेले थपे, ‘ हामीले आफ्नो खेल खेल्ने हो । यहाँसम्म आइपुग्दा गरेको प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य राखेका छौं । सकारात्मक नतिजा हात पार्ने हिसाबले मैदानमा उत्रनेछौं ।’

उनले आफ्नो करिअरमा पोर्टो आउनुलाई पनि महत्त्वपूर्ण पाटो रहेको बताएका छन् । सन् २००४ देखि २००६ सम्म पोर्टोबाट खेलेका पेपे त्यसपछि रियल लागेका थिए । ‘ पोर्टो फर्कनु मेरो सपना थियो । म यहाँ सधैं खुसी छु । मैले यहाँ धेरै कुरा सिकेको छु र मेरो सफल खेल जीवनको श्रेय पोर्टोलाई नै जान्छ,’ उनले भने ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.