default_image

5 years ago

April 10, 2019

केनले यो सिजन गुमाउने सम्भावना

एजेन्सी – टोटेनहमका फरवार्ड ह्यारी केनले चोटका कारण यो सिजनको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केनले चोट बोकेसँगै यो सिजनका बाँकी सबै खेल गुमाउने देखिएको हो । सिटीविरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फसँग ठोक्किएपछि उनले एंकलमा चोट बोकेका थिए । […]

24 views

0 Bookmark

एजेन्सी – टोटेनहमका फरवार्ड ह्यारी केनले चोटका कारण यो सिजनको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ।

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केनले चोट बोकेसँगै यो सिजनका बाँकी सबै खेल गुमाउने देखिएको हो ।

सिटीविरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फसँग ठोक्किएपछि उनले एंकलमा चोट बोकेका थिए । टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले केनले यो सिजनको बाँकी सबै खेल गुमाउने डर भएको बताएका छन् ।

यस्तै चोटका कारण केन यसअघि करिव दुई महिना मैदान बाहिर रहेका थिए । ‘तपाईले त्यो एक्सन हेर्नुभयो होला । पक्कैपनि उनलाई पुन लिगामेन्टमा गम्भीर चोट लागेको हुनुपर्छ । हामी अझै १/२ दिन हेर्नेछौं,’ प्रशिक्षक पोचेटिनोले भने ।

‘चोट निकै गम्भीर लागेको छ । हामी यसलाई ठुलो घटनाको रुपमा लिने छैनौं । उनलाई खेलमा छिट्टै फर्काउने प्रयास हुनेछ । तर, यो सामान्य होइन ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.