default_image

5 years ago

April 10, 2019

‘पेले र जिदान उत्तिकै मनपर्छ’ – एमबाप्पे

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे ब्राजिलियन महान खेलाडी पेलेका प्रशंसक हुन् । त्यस्तै एमबाप्पले आफुलाई फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान पनि उत्तिकै मन पर्ने बताएका छन् । फ्रान्सेली टोलीका पूर्व कप्तान जिदानले रियल म्याड्रिड र युभेन्ट्सबाट सफल व्यवसायिक खेल जीवन बिताएका थिए । उनलाई एमबाप्पलेले आफ्नो रोजाईका खेलाडीको सुचिमा […]

27 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे ब्राजिलियन महान खेलाडी पेलेका प्रशंसक हुन् । त्यस्तै एमबाप्पले आफुलाई फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान पनि उत्तिकै मन पर्ने बताएका छन् ।

फ्रान्सेली टोलीका पूर्व कप्तान जिदानले रियल म्याड्रिड र युभेन्ट्सबाट सफल व्यवसायिक खेल जीवन बिताएका थिए । उनलाई एमबाप्पलेले आफ्नो रोजाईका खेलाडीको सुचिमा माथिल्लो स्थानमा राख्नुलाई स्वभाविक मानिएको छ ।

फ्रान्सेली एक पत्रिकालाई दिएको अन्तर्वार्तामा बाप्पलेले भनेका छन्, ‘म पेले जत्तिकै कुनै खेलाडीबाट प्रभावित भएको छु भने उनी जिदान हुन् । जिदानले पनि फ्रान्सेली युवा स्ट्राइकर एमबाप्पेको समर्थक रहेको बताएका थिए ।’

पहिलो पटक रियलको प्रशिक्षक हुँदा जिदानले एमबाप्पलेलाई लिने प्रयास गरेका थिए । तर त्यत्तिबेला उक्त प्रयास सफल हुन सकेन । अब कम्तिमा सन् २०२० को समर सम्म पनि एमबाप्पलेलाई कुर्नुपर्ने हुन सक्छ ।

मोनाकोबाट गत सिजन पिएसजीमा पुगेका उनले त्यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । उनले पिएसजीका लागि ८२ खेलमा ५४ गोल गरिसकेका छन् । रियलले अहिले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ । रियलका अध्यक्ष फ्लोरिटिनो पेरेजले एमबाप्पेलाई लिन २ सय ८० मिलियन युरो खर्च गर्ने गरि स्वीकृति दिइएको बताइएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.