बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाएर चर्चामा आएका पाँच वर्षका मुर्तजा अहमदी देश छोड्न बाध्य भएका छन् ।
अपहरणको धम्की लगातार आएपछि मुर्तजा अहमदीको परिवार आफगानिस्तान छोडेर पाकिस्तान छिरेको छ ।
मुर्तजाले प्लास्टिक ब्यागबाट बनाएको मेस्सीको जर्सी लगाएर खिचेको फोटो भाइरल भए लगत्तै उनि एका एक चर्चामा आएका थिए ।
अपहरणको धम्कीसहित एक समूहले पैसा मागेपछि आफू सपरिवार पाकिस्तान आएको मुर्तजाका पिताले बताए ।
मोर्ताजाको अचानक भएको चर्चाका कारण उनिहरुले धेरै पैसा कमाएको अनुमान लगाउदै उक्त धम्की आएको कुरा मोर्ताजाका पिताले बताए । आतंककारी गिरोह तलिबन बाट उक्त धम्की आएको अशंका गरिएको छ ।