default_image

5 years ago

April 11, 2019

हिमालयन शेर्पा सेमिफाइनलमा

24 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

वाइवाइ तेस्रो पाँचथर गोल्डकपमा न्युस्टार सुनसरीलाई लाई ४–३ ले हराउँदै ए डिभिजन क्लब हिमलयन शेर्पा सेमिफाइनल प्रवेश गरेको छ । शेर्पाको जितमा ड्याडि वाम्बाले दुई तथा मानबहादुर तामाङ र विशन पराजुलीले १-१ गोल गरे ।

बिहीबार फिदिम माविको मैदानमा भएको खेलमा खेलको नवौं मिनेटमा मानबहादुर तामाङको गोलमा शेर्पाले अग्रता लिएको थियो । दाँया कर्नरबाट आएको क्रस पासलाइ सदुपयोग गर्दै तामाङले गोल गरेका थिए । १४ औं मिनेटमा ड्याडिले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । सुनसरीको कमजोर रक्षापङतीको फाइदा उठाउदै ड्याडिले गोल गरेका थिए ।

२५ औं मिनेटमा ड्याडीले पुन: अर्को गोल गरे । अफसाइड अपिल गर्दै कुनै खेलाडीले ड्याडिलाई मार्क नगरेको अवस्थामा उनले वन भर्सज वनमा गोल गरे । ३९ औं मिनेटमा सुनसरीका तिर्थ बस्नेतले गोल गर्दै सुनसरीलाई खेलमा फर्काउने प्रयास गरे । ६७ औं मिनेटमा हिमालयन शेर्पाका विशन पराजुलीले अर्को गोल थपे । ७२ र ८२ औं मिनेटमा सुनसरीका दिनेश राई र रोशन भुजेलले गोल गरे पनि जितको लागी पर्याप्त भएन ।

पहिलो र दोस्रो हाफमा पाएको कैयौं अवसर गुमाउदा सुनसरी पराजित हुन पुग्यो । पहिलो हाफमा तिर्थ बस्नेतले गोलका ३ अवसर गुमाएका थिए । पहिलो हाफको तुलनामा केहि आक्रमण बुने पनि सुनसरी सफल भएन । १८ औं मिनेटमा सुनसरीका तिर्थ बस्नेत शक्तिशाली प्रहार बाहिरीएको खेलमा दुई गोल गरेका शेर्पाका विदेशी खेलाडी ड्याडि म्यान अफ दि म्याच हुँदै पाँच हजार रुपैयाँ प्राप्त गरे ।

रेफ्रीको गलत निर्णयका कारण खेल गुमाउनु परेको सुनसरीका प्रशिक्षक भेषराज कार्कीले बताए । २ अफसाइड गोल विपक्षीलाई दिँदा खेल गुमेको कार्कीको दावी थियो । खेलमा पहिले नै अग्रता कायम गर्दा पनि खेलाडीहरुले केयरलेस गर्दा विपक्षीले गोल फर्काउन सफल भएको हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले बताए । अर्को खेलमा आजको गल्ती सच्याउदै उपाधि जित्ने पुडाशैनीले बताए ।

शेर्पाको जितसँगै तेस्रो पाँचथर गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । डि.एफ.सिं मोरङ, दार्जिलिङ युनाइटेड भारत,बिजय युथ क्लब हेटौंडा यस अघिनै सेमिफाइनल प्रबेश गरिसकेका छन् । सेमिफाइनलमा शेर्पाले दार्जिलिङ युनाइटेड भारत संग प्रतिस्पर्धा गर्नेछ । तेस्रो पाँचथर गोल्डकपको विजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ ।

वाइवाई पाँचथर गोल्डकपमा शुक्रबार हुने खेल :

डिएफसी मोरङ विरुद्ध विजय युथ क्लब हेटौंडा

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.