default_image

5 years ago

April 12, 2019

आर्सनलले नेपोलीलाई हरायो

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा […]

20 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १५औं मिनेटमा राम्सीको गोलबाट घरेलु टोली आर्सनलले खलेमा अग्रता बनाएको थियो । एइन्सले मेटल्यान्ड निलेसको छिटो पासमा राम्सीले गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा लुकास टोरेराको बक्स बाहिरको प्रहार कलिडोउ कोउलीबालीले जोगाउन खोज्दा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा पाहुना टोलीले सुधारिएको प्रदर्शन गरेपछि गोल गर्न सकेनन् । आर्सनलले उक्त अग्रतालाई जोगाइराँख्न सफल भयो । दोस्रो लेग नेपोलीको मैदानमा १९ अप्रिलमा हुनेछ । यो खेलमा आर्सनलले यही अग्रता जोगाइराख्न सफल भए सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपोलीलाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.