default_image

5 years ago

April 12, 2019

बायर्नको प्रशिक्षणमा लेवान्डोस्की र कोमानको कुटाकुट

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ । बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर […]

34 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ ।

बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर द्वय जेरोम बोटेङ र निकलास सुलले दुई खेलाडीलाई छुट्याएका थिए ।

प्रशिक्षक निको कोभाचले दुवै खेलाडीलाई बाहिर राख्दै केहीबेर प्रशिक्षण अगाडी बढाएपनि पछि दुवै खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका थिए । प्रशिक्षक कोभाचले शुक्रबार हुने पत्रकार सम्मेलनमा घटनाबारे विवरण दिने बुझिएको छ । दुवै खेलाडीलाई क्लबले अन्तरिक कारवाही गर्ने सम्भावना रहेको छ ।

अघिल्लो सिजन पनि लेवान्डोस्की र म्याटस हमल्सबीच प्रशिक्षणमा झगडा पर्दा सहकर्मीहरुले छुट्याउनु परेको थियो । क्लबले त्यसबेला दुवै खेलाडीसँग स्पष्टिकरण लिँदै चेतावनी दिएर छाडेको थियो । बयार्णले शनिबार हुने खेलमा माइन्जको सामना गर्दैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.