कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आगामी मे २० मा भारत सँग भिड्दै छ ।
कतारको अलथुमामास्थित टेक्निकल मैदानमा शुक्रबार राती सम्पन्न सेमिफाइनल खेलमा जोर्डनलाई ३-२ले कठिनसँग जित्दै फाइनलमा पुगेको हो ।
नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
भारतले भने लेबनानलाई ३-१ले जित्दै फाइनलमा पुगेको हो ।