7 years ago
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले राष्ट्रिय क्रिकेट टोली, सागको स्वर्ण विजेता यू २३ टोली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सिंहदबारमा बिहीबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई नगद प्रदान गरे । मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकले महर्जन, क्रिकेट टोली र फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको थियो ।
गत वर्ष संयुक्त अरब इमिरेन्ट्स (यूएई) लाई वान डे र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोली र सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली युवा फुटबल टोली पुरस्कृत गरिएको हो ।
त्यस्तै डिसेम्बरमा थाइल्यान्डको चेनमाईमा भएको १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् । महेश्वरले ५ लाख रुपैयाँ प्राप्त गरे ।

नेपालले युएईसँगको तीन वान डे र तीन टि ट्वान्टी समान २–१ ले जितेको थियो । गत वर्ष नेपालले वान डे मान्यता पाएयता जितेको पहिलो श्रृखंला थियो । क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ , प्रशिक्षकलाई ३ लाख र टोलीका अन्य सदस्यलाई जनही २ लाख रुपैयाँ दिने निर्णय अनुसार नगद वितरण भएको थियो । सागको स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीका साथ जनही २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले सागमा स्वर्ण जित्ने फुटबल टोलीका सदस्यलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । सन् २०१६ मा नेपालले भारतलाई हराउँदै सागको उपाधि जितेको थियो ।
क्रिकेट, फुटबल र शारीरिक सुगठनका खेलाडीलाई गरि सररकाले १ करोड ५६ लाख रुपैयाँ प्रदान गरेको हो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]