दिपक बोहारा ,पाचथर
फिदिम नगरपालिका धोषणा भएको २ वषर््ा पुगेको अबसरमा फिदिम नगरपालीकाले आयोजना गरेको वर्डास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १ ले जितेको छ । शनिबार फिदिम उच्च मा.बिको खेल मैदानमा भएको फाइनल खेलमा वडा नंं. १ ले वडा नंं. ४लाई पराजित गरेको हो ।
निकै रोमाञ्चक खेलमा वडा नंं. १ का सञ्जु तामाङले २६ औ मिनेटमा गरेको गोलनै निण्र्याक बन्यो । पहिलो हाफमा गोल खाएर केहि दबाबमा परेको वडा नंं. ४ ले दोश्रो हाफमा निकै सुधारीएको खेल पस्कदै खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । दोश्रो हाफमा वडा नंं. ४ ले केहि राम्रा आक्रमण गरे पनि वडा नंं. १का गोल रक्षकले निकै राम्रो बचाउ गरे । उपाधि जिते संगै वडा नंं. १ नगदरु २०,०००, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपबिजेता वडा नंं.४ ले नगद रु १०,०००, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
बाजि जितेको रकम अग्नी पिडित लाई
वडा नंं. १ र वडा नंं. ४ को फाइनल खेल भन्दा अगाडि फिदिम स्पोटिङ क्लबका पुराना खेलाडी र फिदिम नगर भित्रका कर्मचारी बिच भएको मैत्रीपूर्ण खेलमा जितेको रकम स्याब्रुम्वा गा.बि.सका अग्नी पिडितलाई सहयोगा गरीने भएको छ । सो मैत्रीपूर्ण खेल फिदिम स्पोटिङक्लबका पुराना खेलाडीले जितेका थिए ।