default_image

5 years ago

May 6, 2019

१६ वर्षमै प्रिमियर लिग !

एजेन्सी – फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबार वल्भ्सविरुद्ध खेलको ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । एलीएटले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका […]

36 views

0 Bookmark

एजेन्सी – फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबार वल्भ्सविरुद्ध खेलको ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् ।

एलीएटले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका थिए । इंग्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीबाट खेलिसकेका एलीएटले यसअघि फुलहमकै म्याथ्यु ब्रिग्सको कीर्तिमान तोडेका हुन् । ब्रिग्सले सन् २००७ मा मिडल्सब्रोविरुद्ध १६ वर्ष ६८ दिनको उमेरमा डेब्यु गर्दै कीर्तिमान बनाएका थिए ।

एलीएटको टोली फुलहम यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । शनिबार वल्भ्ससँगको १-० को हार सिजनको २५ औं हार थियो । अर्को सिजन तल्ली श्रेणीमा एलीएटले क्लबबाट धेरै मौका पाउने अपेक्षा गरिएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.