default_image

6 years ago

May 5, 2019

हरि उत्कृष्ट प्रशिक्षक, लव र‌ अस्मिता रेफ्रीमा

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा अवार्ड अन्तर्गत उत्कृष्ट प्रशिक्षकको अवार्ड हरि खड्काले प्राप्त गरेका छन् ।

महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले अवार्डसँगै मोटरसाइकल र १ लाख रुपैयाँ हात पारे । उनले नेपाललाई साफ महिला च्याम्पियनसिप र हिरो गोल्डकपको उपविजेता बनाएका थिए । उनकै प्रशिक्षकत्वमा नेपालले अोलम्पिक छनोटको दोस्रो चरणको यात्रा पनि तय गरेको थियो ।

उत्कृष्ट पुरुष रेफ्रीमा लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मनित भए । उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल संघ भयो ।

उत्कृष्ट क्लबको अवार्ड ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले हात पार्यो । लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रशिक्षक भागीरथ आले ‘मामा’ सम्मानित भए । उनले मोटरसाइकल र नगद ३ लाख ५० हजार प्राप्त गरे ।

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.