default_image

5 years ago

May 6, 2019

सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् । पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् ।

पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् । उनले रतनबाला देवीको क्रसलाई सहजै गोलमा परिणत गरिन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४-३ को स्थितिमा ल्याइन् । तर त्यसको दुई मिनेट नबित्दै ग्रेसले सहज गोल गर्दै २ गोलको अग्रता क्याम राखिन् । ७५ औं मिनेटमा सावित्राको पासमा दाङमेई ग्रेसले खालि पोस्टमा गोल गर्दै ६-३ ले अगाडी बढाइन् । दोस्रो हाफको इन्ज्युरी समयमा मणिपुरले अर्को गोल थपेपनि उक्त गोल सान्तवनामा सिमित भयो ।

यस जितसँगै सेथु लिगमा विजयी सुरुवात गरेको छ । यसै समूहको अघिल्लो खेलमा कोल्हापुरले बरोडालाई ४-३ ले पराजित गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.