10 years ago
May 10, 2016
मारियो गोट्ज र रोबर्ट लेवानडोस्कीको पथलाइ पछ्याऊँदै बोरुसिया डर्टमण्डका कप्तान म्याट्स हुमल्स बायर्न म्युनिख जाने पक्का भएको छ|
दुइ सिजन अगाडी मारिओ गोट्ज र एक सिजन अघिमात्र रोबर्ट लेवानडोस्की बायर्न पुगेका थिए| तर आफ्नो बाल्यकालमा म्युनिखबाट नै फुटबल खेल्न सुरु गरेका हमल्स एकदिन पुन: घरेलु टोलीमै फर्किने आशा धेरैले गरेका थिए|
हमल्सले सन् २०२१ सम्मको अनुबन्धन गरिसकेका छन्| उनलाई क्लबमा भित्र्याएपछि क्लबका कार्यकरी निर्देशक रुमिनेजले आफ्नो क्लबले विश्वको सर्वश्रेष्ठ डिफेन्डरलाई क्लबमा ल्याउन सकेको बताएका छन्|
हमल्स विश्वकप विजेता जर्मन टोलीका पनि महत्वपूर्ण सदस्य थिए| उनले आगामी महिना फ्रान्समा हुने युरोमा पनि जर्मनको डिफेन्स सम्हाल्ने छन्|
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]