default_image

5 years ago

May 10, 2019

सुआरेजले कोपा डेल रे फाइनल गुमाउन सक्ने

एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले कोपा डेल रेको फाइनल खेल गुमाउन सम्भावना बढेको छ । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको बार्सिलोनाले जनाएको छ । दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त चोटबाट पूर्ण रुपमा निको हुन कम्तीमा ६ हप्ता लाग्ने छ। कोपा डेल’रे अन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा […]

31 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले कोपा डेल रेको फाइनल खेल गुमाउन सम्भावना बढेको छ । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको बार्सिलोनाले जनाएको छ ।

दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त चोटबाट पूर्ण रुपमा निको हुन कम्तीमा ६ हप्ता लाग्ने छ। कोपा डेल’रे अन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा भ्यालेन्सियाको सामना गर्दैछ।

यसै सिजनको सुरुआतमा पनि सुआरेजले दाँया घुँडाको चोटका कारण केही समय मैदान बाहिर बिताउनु परेको थियो । उरुग्वेका ३२ वर्षे फरवार्ड उनले यस सिजन २९ खेलमा २५ गोल गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्ध दोस्रो लेगमा फितलो प्रदर्शन गरेका कारण समर्थकहरुको आलोचना खेपिरहेका सुआरेजले अब अर्को सिजनमा मात्र मैदान फर्कनेछन् । उनले उरुग्वेको पनि केहि खेल गुमाउने सम्भावना बढेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.