7 years ago
May 12, 2019
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर आन्द्रे हेरेराले सिजनको अन्त्यमा क्लब छाड्न प्रष्ट पारेका छन् । पछिल्लो पाँच वर्षमा २ सय भन्दा बढी खेल खेलिसकेका हेरेराले आफुलाई क्लबका महत्वपूर्ण खेलाडीका रुपमा स्थापित गरिसकेका छन् ।

स्पेनिस मिडफिल्डर टोलीमा एकरुपताको प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । नयाँ सिजनका लागि ओले गुनार सोल्सजरको योजनामा हरेरा पर्ने सम्भावना हुँदा हुँदै उनी भने क्लब छाड्ने निर्णयमा पुगेका छन् ।
‘रातो रंग मेरो हृदयमा रहनेछ । मैले पहिलो पटक यो जर्सी लगाएर खेल्दानै मैले बुझे । त्यो क्षण स्मरण रह्यो, ‘ २९ वर्षे उनले भने,’ हजारौं समर्थकले आदर गर्छन् र क्लबका लागि योगदान गर्ने खेलाडीलाई सधै स्मरण गर्छन् । म विशेष महसुस गर्छु जति बेला मेरो नाम गुन्जिन्छ । मलाई जति बेला समर्थकले सम्झने छन् मलाई गौरव लाग्नेछ । ‘
उनले युनाइटेडलाई सधै आदर गर्ने पनि बताएका छन् । ‘हार वा जितमा पनि म क्लबको साथ रहनेछु । भलै म मैदानमा हुने छैन । क्लबको अर्थ मैले बुझेको छु,’ उनले भने, ‘म २ सय भन्दा बढी खेलिएका सबै खेल सम्झनेछु । मैले इंग्ल्यान्डको उत्कृष्ट क्लबको जर्सी लगाएको छु । यो पछिल्लो पाँच वर्षका लागि धन्यवाद । ‘
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]