7 years ago
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

किरण र हन्ड्रेड प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंक को बिक्रेता आधिकारिक सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । किरण २ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएपनि रकम उल्लेख गरिएको छैन ।

कार्यक्रममा किरण, प्रबन्ध निर्देशक केसी, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले हन्ड्रेड प्लस सार्वजनिक गरेको थियो । मलेसियन उत्पादन हन्ड्रेड प्लस अब देखि बजारमा पाइने सहाराले जानकारी दिएको छ ।
गोलकिपर किरणले सहारालाई आफुलाई ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त गरेको खुसी व्यक्ति गर्दै हन्ड्रेड प्लसले नेपालमा बजार लिने विश्वास व्यक्त गरे ।
एन्फा अध्यक्ष शेर्पाले किरणलाई शुभकामना र सहारालाई धन्यवाद दिए । ‘हाम्रा सफल खेलाडीलाई तपाईहरुले ब्रान्ड एम्बेसडर नियुक्त गर्नुकोमा खुसी लागेको छ,’ उनले भने,‘ यो नेपाली फुटबल प्रतिको सम्मान हो । यसले किरणलाई अझै राम्रो खेल्ने प्रेरणा मिल्नेछ । ’
साराका प्रबन्ध निर्देशक केसीले आउने दिनमा अन्य खेलाडीलाई पनि ब्रान्ड एम्बसेडर बनाउने योजना रहेको सुनाए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]