default_image

7 years ago

May 12, 2019

सेथुका लागि सावित्राको ह्याट्रिक

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिगमा गोल गर्ने क्रमलाई निरन्तरता दिएकी छिन् ।

सावित्रा भण्डारी (सेतो जर्सीमा) । फाइल तस्बिर

सावित्रा र नेपाली टोली अर्की खेलाडी अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगाचार चौथो जित निकाल्दा सावित्राले ह्याट्रिक गरेकी छिन् । सेथले आइतबार कोल्हापुर सिटीलाई ९–० ले हराउँदै लिगमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । ४ खेलमा १२ अंक जोड्दै सेथु अंक तालिकाको शीर्षस्थानमा छ ।

सेथुले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । टोलीको जितमा सावित्रासँगै रतनवालो पनि ह्याट्रिक गरिने भने ग्रेसले २ गोल गरिन् । एक गोल आत्मघाती भएको थियो । सावित्राले ५६, ६६ औं र ७६ औं मिनेटमा गोल गरेकी थिइन् ।

चार खेलमा सावित्राको ९ गोल पुगेको छ । पहिलो खेलमा ४ गोल गरेकी सावित्राले दोस्रो र तेस्रोमा समान १ गोल गरेकी थिइन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.