7 years ago
May 13, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार एएस रोमाले लिग विजेता युभेन्टसलाई पराजित गरेको छ । अन्तिम केहि समय सम्हालिन नसक्दा नयाँ जर्सीमा उत्रिएको युभेन्टसले २-० को हार बेहोर्यो ।

खेलको ७९ औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीले रोमालाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एडिन जेकोले गोल गर्दै रोमाको जित पक्का गरे । त्यसअघि क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् ।
खेलको पहिलो हाफमा दुवै टोलीले पोस्टमा प्रहार गरेका थिए । रोमाका लोरेन्जो पेलेग्रिनी र युभेन्टसका पाउलो डीबालाको प्रहार पोस्टमा लागेको थियो । रोमाले जितसँगै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ ।
च्याम्पियन युभेन्टसले ३६ खेलमा ८९ अंक जोडेको छ भने दोस्रो स्थानको नेपोलीको ७६ अंक छ । एटलान्टाको ३६ खेलमा ६५, इन्टरको ३५ खेलमा ६३ तथा एसी मिलन र रोमाको ३६ खेलमा समान ६२-६२ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]