7 years ago
May 13, 2019
भरतपुर (हाम्रो खेलकुद) – मगमग झापा ११ सिएमएस चितवनमा जारी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खराब प्रकाशका अघिल्लो दिन १४ मिनेट अघि स्थागित भएको खेल त्यहिबाट सोमबार खेलाइएको थियो ।

झापाले आफ्नो अग्रतालाई जोगाउँदा भ्याली च्यासलमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो । क्याम्पा चौरमा सन्जोग राईको गोलबाट झापाले पहिलो मिनेटमा खेलमा अग्रता बनाएको थियो ।
निशान लिम्बुले पहिलो हाफको इन्जुरी समयमा थपेपछि झापा २–० ले अगाडि लागेको थियो । दोस्रो गोल खाएपछि च्यासलले त्यसको विरोधमा १० मिनेट खेल छोडेको थियो । पछि पुनः खेल सुरु भएपछि च्यासलका लागि पूर्णबहादुर गुरुङले ५९ औं मिनट मिनेटमा गोल गरेका थिए ।
६६ औं मिनेटमा पुग्दा खराब प्रकाशका कारण खेल रोक्नु परेको थियो । एजे इन्टरनेसनल प्रा लिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]