7 years ago
May 13, 2019
एजेन्सी – चेल्सीका स्टार मिडफिल्डर इडेन हाजार्डले आफ्नो भविष्यबारे निर्णय लिइसकेको बताएका छन् । अर्को सिजन चेल्सीसँगको सम्झौता सकिने र रियल म्याड्रिडले पनि इच्छा देखाएको अवस्थामा उनले नयाँ सम्झौता गरेका छैनन् ।

सिजनको अन्तिम खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि हाजार्डले भविष्यबारे अभिव्यक्ति दिएका हुन् । ‘हो, मैले निर्णय लिइसकें । तर यो मेरो बारेमा मात्र होइन,’ उनले भने, ‘ सिजनको सुरुवात अघि नै यो अवस्था प्रष्ट होस् भन्ने मेरो पनि चाहना हो । यो सम्भव भने भएन ।’
‘म पनि मिडियाजस्तै आफ्नो भविष्यबारे थाहा पाउन अड्केको छु । आशा गरौँ चाडैं यसबारे सबैलाई थाहा हुनेछ ।’
प्रशिक्षक माउरिजियो सार्रीले पनि हाजार्डले छाडेर जाने संकेत दिए । ‘उनले यस क्लबमा ७ सिजन बिताएका छन् । प्रशिक्षणमा पनि निकै मिहिनेत गर्छन् । अब उनले जुन निर्णय लिएपनि हामीले त्यसको सम्मान गर्नुपर्छ । आशा गर्छु की उनी हामीसँग रहनेछन्,’ सार्रीले प्रष्ट पारे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]