10 years ago
May 12, 2016
काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले व्यवसायिक रुपमा फुटबल प्रशिक्षण दिनुका साथै बहुउद्देश्यका साथ नेसनल स्पोर्टस सेन्टर प्राली स्थापना गरेका छन् ।
६ जनाको संयक्त लगानीमा ललितपुर ९ च्यासलमा स्थित झन्डै ५ रोपनी जग्गा लिजमा लिएर सेन्टर स्थापना गरिएको हो । सेन्टरमा पौडी पोखरी, फुटबल÷फुटसल प्रशिक्षण , लन टेनिस,जिम, सावनाको पनि व्यवस्था छ । सेन्टरमा रेष्टुरेन्ट र कन्फ्रेन्स हल समेत रहेको छ । व्यवसायिक प्रयोजनको उद्देश्यका साथ स्थापना गरिएको सेन्टरमा बार्षिक, मासिक रुपमा सदस्य बनेर त्यहाँको सुविधा प्रयोग गर्न सकिनेछ । दैनिक रुपमा शुल्क तिररले पनि सेवा लिन सकिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली यू–२३ राष्ट्रिय टोलीका प्रशिक्षक शाक्यले जानकारी दिए ।
सेन्टरले प्रति व्यक्तिका लागि बार्षिक ३० हजार र मासिक ७ हजार पाँच सय शुल्क तोकेको छ । अलग अलग खेलका लागि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ । स्थानिय रामलाल ब्यञ्जनकार, यामबहादुर खत्रीसहित शाक्य अध्यक्ष रहेको सञ्चालन समितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिनेश व्यञ्जनकार, एनआरीका पूर्व कप्तान सुरेन्द्र श्रेष्ठ पनि साझेदार रहेका छन् । झन्डै ३ करोड रुपैयाँको लागतमा तयार भएको सेन्टर जेठ १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।
सेन्टरले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चसँगको मैत्रीपूर्ण फुटसल पनि आयोजना गरेको थियो । जसमा मञ्च १३–५ ले विजयी भयो । विजयी टोलिका लागि निशान राइले चार गोल गरे भने सुबास हुमागाईंले तिन गोल गरे| आदर्श ढकाल र बासु अवालले पनि दुइ-दुइ गोल थपेका थिए भने प्रज्वोल शाक्य र प्रजित शाक्यको नाममा एक एक गोल रह्यो| घरेलु टोलीबाट राजु काजी शाक्य, दिनेश ब्यन्जनकार, सुरेन्द्र श्रेष्ठ लगाएतका खेलाडीले खेलेका थिए|
शाक्यले फुटबल प्रशिक्षणका लागि लक्षित गरेर सेन्टरको स्थापना गरेको बताए । ‘ग्रासरुटबाट फुटबलको विकासका लागि यस्ता सेन्टर देशव्यापी रुपमा खुल्नुपर्छ । अनि मात्र हामीले भविष्यमा राष्ट्रिय टोलीमा पनि राम्रो खेलाडी तयार पार्न सक्छौं,’ उनले भने,‘ म आफै प्रशिक्षण गराउँछु । प्रशिक्षक पुगेन भने अरुलाई हायर पनि गर्छौ ।’ खेलजीवन पछि पनि स्वदेशमै केही गर्न सकिन्छ भन्नका लागि पनि सेन्टरको स्थापना गरेको शाक्यको भनाई थियो ।
शाक्य प्रशिक्षक रहेको यू–२३ टोलीले फागुनको पहिलो साता भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । शाक्यले खेलाडीका रुपमा सन् १९८४ र १९९३ मा सागको पहिलो र छैटौं संस्करणमा नेपालका लागि स्वर्ण पदक जितेका थिए । १९९३ मा शाक्य राष्ट्रिय टोलीको कप्तान थिए ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]