10 years ago
May 12, 2016
बैशाख ३०- नेपाल आर्मी क्लब उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको सिलगुढी कञ्चनजंगा फुटबल क्लबलाई ४–० गोलमा हराउँदै आर्मी सेमिफाइनल पुगेको हो । आर्मीले अब शनिबार विआरसी भुटानसँग खेल्ने छ । आर्मीको जितमा नवयुग श्रेष्ठले २, भरत खवास र विशाल रानाले समान १–१ गोल गरे ।
विश्व अधिकारीको क्रसमा १५ औं मिनेटमा नवयुगले हेडिङमार्फत पहिलो गोल गरे । ४० औं मिनेटमा सन्तोष तामाङले २५ यार्डबाट प्रहार गरेको फ्रि किकबाट आएको बलमा भारतले गोल गरे । भरत खेलको म्यान अफ दी म्याच चुनिए । ५९ औं मिनेटमा नवयुगको बल पोस्टमा लागेर रिबाउन्ड हुदा विशालले गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहदा नवयुगले अर्को गोल थपे । आयोजक मदन भण्डारी स्पोर्टस फाउन्डेसन र एपिएफबीच शुक्रबार पहिलो सेमिफाइनल हुनेछ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]