7 years ago
May 26, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोविन भान पर्सीले आर्सनलका समर्थकहरुसँग माफी मागेका छन् । आफुले क्लब छाड्दा यदि समर्थकलाई दुःख लागेका छ भने त्यसप्रति क्षमा चाहेको उनले बताए ।

यद्दपी उनले आर्सनल छाडेकोमा भने कुनै पछुतो नभएको प्रष्ट पारेका छन् । लामो समय आर्सनलमा बिताएका भान पर्सीले युनाइटेडमा प्रिमियर लिग उपाधि जितेका थिए ।
भान पर्सी झन्डै एक दशक आर्सनलमा रहे । भान पर्सीको झन्डै एकल प्रयासमा आर्सनलले उनको वर्ष प्रिमियर लिगमा तेस्रो स्थानमा प्राप्त गरेको थियो । त्यसपछि उनी युनाइटेड पुगेका थिए । यद्दपी उनको सरुवा विवादरहित भने रहेन ।
नेदरल्यान्ड्सका पूर्व अन्तर्राष्ट्रियले केहि दिनअघि आफ्नो खेल जीवनको अन्तिम खेल खेलेका थिए । उनले आर्सनल प्रति ठूलो श्रद्धा प्रकट गरे । फुटबल छाड्दा पनि क्लब प्रतिको आफ्ना भावना उस्तै रहेको उनले प्रष्ट पारेका छन् ।

‘ म सँग समर्थकहरु रुष्ट थिए । म क्लबको कप्तान, सर्वाधिक गोल कर्ता र अन्तिम वर्ष हामी तेस्रो भएका थियौं । तर मैले नयाँ चुनौति र गन्तव्य रोज्न सहि ठाने,’ उनले स्मरण गरे,’ त्यस कारणले समर्थकको चित्त दुःखेको भए म त्यसमा क्षमा चाहन्छु । तर मैले लिएको निर्णयमा म अहिले पनि कायम छु । आर्सनलप्रति मेरो कहिल्यै नाकारात्मक धारणा छैन । ‘
उनले आर्सनल फुटबल क्लब प्रति एक शब्द पनि नराम्रो बोल्न नसक्ने पनि प्रष्ट पारेका छन् । ‘यो एउटा सुन्दर फुटबल क्लब हो । मेरो त्यहाँको अनुभव गज्जवको छ । म सानो केटोको रुपमा त्यहाँ पुगेको थिए र एउटा परिपक्क खेलाडी बनेर छाडेको थिए,’ उनले थपे,’ आर्सनलका कोहि प्रति पनि मेरो गुनासो छैन । मलाई मौका दिएको प्रति म टिम प्रति आभारी छु । आफुमा रहेको कमजोरीलाई मैले सुधार्ने मौका पाए । मैले आफ्नै मुर्खताका कारण रातो कार्ड खाए । क्लब मेरो लागि पुरा परिवार जस्तो थियो । ‘
आर्सनलका समर्थकले भान पर्सीलाई तत्काल माफी दि हाल्ने सम्भावना छैन । यद्दपी उनले आर्सनल छाडेर भने व्यक्तिगत रुपमा भने सहि निर्णय लिए । जसले उनलाई प्रिमियर लिग उपाधि विहिन हुनबाट जोगाएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]