default_image

7 years ago

May 25, 2019

सावित्रा र अनिता स्वेदश आइपुगे

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग फुटबलमा सेथु फुटबल क्लबलाई च्याम्पियन बनाउँदै नेपाली राष्ट्रिय महिला टोलीका दुई खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत शनिबार स्वदेश फर्केका छन् ।

सेथुलाई च्याम्पियन बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने मध्ये सावित्रा एक थिइन् । टोलीले खेलेका ७ खेलमा उनले १५ गोल गरिन् । १ खेलमा बाहेक उनले सबैमा गोल गरिन् । १ खेलमा बाहेक उनी सबैमा पहिलो रोजाईमा परिन् ।
सावित्रा को दाँजोमा अनिताले भने कम मात्र मौका पाएकी थिइन् । त्यहाँको महिला लिगमा एक पटकमा एक विदेशी खेलाडीले मात्र खेल्न पाउने प्रावधानका कारण अनिताले कममात्र मौका पाइन् । उनले एउटा खेलमात्र पहिलो रोजाईमा खेल्ने मौका पाइन् । उनले एक गोल गरेकी थिइन् ।

सावित्रा र अनिता दुवै नेपाली महिला टोलीका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् । चैतमा विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्याउनका लागि सावित्रा र अनिताले आ आफ्नोतर्फबाट योगदान गरेका थिए ।

सावित्राले त्यहि प्रतियोगिताका दौरान आफुलाई नेपालीका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको दोस्रो स्थानमा पुरएकी थिइन् । उनको अन्तर्राष्ट्रिय गोल संख्या २८ पुगेको छ । शीर्षस्थानमा रहेकी अनु लामाको नाममा ३५ गोल रहेको छ ।

एपिएफबाट घरेलु फुटबल खेल्दै आएका सावित्रा र अनिताले विदेशी भूमिमा व्यावासयिक फुटबल खेलेको यो दोस्रो पटक हो । यसअघि यी दुवैले माल्दिभ्स गएर फुटबल खेलेका थिए । स्वदेश फर्केपछि सावित्राले दक्षिण एसियाली राष्ट्र बाहिर पनि मौका पाएको खण्डमा आफुलाई प्रमाणित गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, एन्फा सदस्य पेमा डोम्ला, ओलम्पियन संगिना बैद्यलगायतले सावित्रा र अनितलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.