7 years ago
May 25, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रेको उपाधि भिडन्तमा शनिबार क्याटलन क्लब बार्सिलोना र भ्यालेन्सिया भिड्दैछन् । सेभिल्लामा हुने खेलमा बार्सिलोना कीर्तिमानी लगातार पाँचौ कोपा डेल रे उपाधि पछ्याउँदै छ ।

बार्सिलोनाले लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको हो । यसअघि लगातार ४ फाइनलमा बार्सिलोना सफल भएको छ । यसअघि रियल म्याड्रिड (१९०५-०८) र एथलेटिक क्लब (१९३०-३३) ले पनि लगातर ४ उपाधि जितेका थिए । रियल लगातार पाँचौ उपाधि जित्दै नयाँ कीर्तिमान रच्ने दाउमा छ । युरोपका शीर्ष ५ लिगमा कुनैपनि टोलीले लगातार ५ सिजन यो सफलता हात पर्न सकेका छैनन् ।
बार्सिलोनाले सेमिफाइनलमा रियल म्याड्रिडलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा १-१ को बराबरी खेलेको बार्साले रियलको मैदानमा ३-० को जित दर्ता गरेको थियो । त्यसअघि सेभिल्लासँग क्वाटरफाइनलमा २-० ले पछाडी परेको बार्साले घरेलु मैदानमा ६-१ को फराकिलो जित दर्ता गरेको थियो ।
भ्यालेन्सियाले सेमिफाइनलमा रियल बेटिसलाई ३-२ ले पराजित गरेको थियो । अवे मैदानमा २-२ को बराबरी खेलेको भ्यालेन्सियाले घरेलु मैदानमा १-० को जित दर्ता गरेको थियो । क्वाटरफाइनलमा गेटाफे पनि ३-२ ले पराजित भएको थियो ।
सन् २०१८ फेब्रुअरीमा बार्साले भ्यालेन्सियालाई ७-० ले पराजित गरेको थियो । भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनोको टोलीले बार्सिलोनासँग २० पटक खेल्दा कुनै खेलमा पनि जित हासिल गरेको छैन । पछिल्लो २९ भेटमा भ्यालेन्सियाले बार्सालाई २ पटक मात्र हराएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]