7 years ago
May 26, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध बनाउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । सेभियामा भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन केभिन गेमेरियो र रोड्रिगोले गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गरेपनि हार टार्न सकेनन् ।
भ्यालेन्सियाले पहिलो हाफको सुरुमै लिएको दुई गोलको अग्रता जोगाइराख्न सफल भयो । २१औं मिनेटमा केभिन गेमेरियाको गोलबाट भ्यालेन्सियाले खेलमा अग्रता बनायो । उनले जोसे गायाको पासलाई सदुपयोग गरेका थिए ।

बलियो बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले ३३औं मिनेटमा रोड्रिगोले गोलबाट अग्रता दोब्बर बनाए । उनले कार्लाेस सोलेरको पासलाई सदुपयोग गरेका थिए ।
दुई गोलले पछि परेपछि बार्सिलोनाले भ्यालेन्सियालाई दवावमा राख्दै १ गोल फर्काउन सफल भएको थियो । तर, थप गोल निस्कन नसक्दा बार्सिलोना उपाधि जित्नबाट वञ्चित बन्यो । ७३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिएका थिए ।

भ्यालेन्सिया सन् २००८ पछि पहिलोपटक कोपा डोल रे च्याम्पियन बनेको हो । भ्यालेन्सिया समग्रमा आठौंपटक कोपा डेल रे च्याम्पियन बनेको हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]