7 years ago
May 26, 2019
एजेन्सी – स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिख जर्मन कप च्याम्पियन बनेको छ ।

बर्लिनमा शनिबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई ३–० ले पराजित गर्दै लगातार जर्मन कप च्याम्पियन बनेको हो । पछिल्लो १९ वर्षमा बायर्नले १२औं पटक दोहोरो उपाधि जित्न सफल भएको हो । बायर्नले यसअघि जर्मन बुन्डेस लिगा जितिसकेको थियो ।
बायर्नका लागि अर्काे गोल किङ्सले कोमानले गरे । एकपक्षीय खेलमा बायर्नले २९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । उनले डेभिड अलावाको पासलाई सदुपयोग गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको बायर्नले खेल सकिन १२ मिनेट बाँकी रहँदा दुई गोल गर्दै जित पक्का गरे । ७८औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न २–० ले अघि बढ्यो ।

८५औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै बायर्नलाई उपाधि दिलाए । लेपिजिजले सुरुवाती समयमा बायर्नलाई दवावमा राखेपनि सोही लयलाई कायम राख्न सकेनन् ।
च्याम्पियन बनेसँगै दुई भेट्रान्स आर्जेन रोवेन र फ्रान्क रिवेरीले बायर्नबाट अर्काे उपाधि थप्दै बायर्नबाट अन्तिम खेले खेलेका छन् । उनीहरु दुवैले यो सिजनसँगै बायर्न छाड्दैछन् ।लेपिजिजविरुद्धको खेलमा दुवै खेलाडी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
यस्तै प्रशिक्षक निको कोभाक खेलाडी र प्रशिक्षकको रुपमा एकै सिजन दुई उपाधि जित्ने बायर्नको पहिलो प्रशिक्षक बनेका छन् । निकोले खेलाडी जीवनमा पनि बायर्नबाट उपाधि जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]