7 years ago
May 26, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन युभेन्टसका लागि इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

केहि साताअघि नै लिग उपाधि पक्का गरिसकेको युभेन्टसले साम्पडोरियाविरुद्ध हुने अन्तिम खेलका लागि रोनाल्डोलाई विश्राम दिने भएको हो । रोनाल्डो अर्को महिना सुरु हुने यूईएफए नेसन्स लिगमा राष्ट्रिय टोलीमा समेटिएका छन् । उनलाई विश्राम दिनका लागि प्रशिक्षक एलेग्रीले आफ्नो अन्तिम खेल भएपनि रोनाल्डोलाई टोलीमा नराख्ने निर्णय गरेका हुन् ।
रोनाल्डोको अनुपस्थितिमा युवा फरवार्डद्वय मोइस किन र पाउलो डीबालाले युभेन्टसको आक्रमण सम्हाल्नेछन् । रोनाल्डो इटालियन लिगको सर्वाधिक गोलकर्ता बन्ने सम्भावना न्यून रहेपछि उनले विश्राम लिने भएका हुन् । लिगका सर्वाधिक गोलकर्ता फाबियो क्वागिलाआरेल्ला भन्दा रोनाल्डो ५ गोलले पछाडी छन् ।
युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस सिजनपछि क्लब छाड्ने निर्णय सार्वजनिक गरिसकेका छन् । उनले युभेन्टसमा बिताएका पाँचै सिजनमा लिग उपाधि जित्नुका साथै दुई पटक च्याम्पियन्स लिगको फाइनल पुगे । दुवै पटक युभेन्ट्स उपविजेता बन्दै निराश हुन पुगेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]